Section 14
सडक मर्मत सम्भार सम्बन्धी वार्षिक कार्यक्रम पेश गर्नुपर्ने
सडक सम्बन्धी निकायले प्रत्येक वर्ष आफूले मर्मत सम्भार गर्न चाहेको सडक, त्यसको लागि आवश्यक पर्ने रकम लगायत तोकिए बमोजिमका अन्य विवरण खुलाई तोकिएको म्यादभित्र सडक मर्मत सम्भार सम्बन्धी वार्षिक कार्यक्रम बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।